निश्चित रुपमा अर्थतन्त्र मन्दीमा गयो : सांसद चौधरी « Khabarhub

निश्चित रुपमा अर्थतन्त्र मन्दीमा गयो : सांसद चौधरी


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुक निश्चित रुपमा आर्थिक मन्दीमा गएको बताएका छन् ।

आइतबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको सम्मेलनमा उद्योगीसमेत रहेका सांसद चौधरीले तथ्यांक विभागको आर्थिक वृद्धिदरको प्रक्षेपण हेर्दा मुलुक मन्दीमा पुगेको निश्चित भएको बताएका हुन् ।

तथ्यांक विभागले अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने देखाएको सांसद चौधरीको भनाइ छ ।

अहिलेको जस्तो चुनौती र समस्यामा नेपालको अर्थतन्त्र कहिल्यै नदेखिएको भन्दै उनले तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर १.८६ मात्रै हुने प्रक्षेपण गरेको उल्लेख गरे । यो आर्थिक वृद्धिदर सरकारको अपेक्षाभन्दा ४ गुणा कम रहेको उनको भनाइ छ ।

उनले मुलुकको समग्र वित्तीय क्षेत्र नै गम्भीर समस्यामा परेको दाबी गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार