निश्चित रुपमा अर्थतन्त्र मन्दीमा गयो : सांसद चौधरी « Khabarhub

निश्चित रुपमा अर्थतन्त्र मन्दीमा गयो : सांसद चौधरी


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुक निश्चित रुपमा आर्थिक मन्दीमा गएको बताएका छन् ।

आइतबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको सम्मेलनमा उद्योगीसमेत रहेका सांसद चौधरीले तथ्यांक विभागको आर्थिक वृद्धिदरको प्रक्षेपण हेर्दा मुलुक मन्दीमा पुगेको निश्चित भएको बताएका हुन् ।

तथ्यांक विभागले अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने देखाएको सांसद चौधरीको भनाइ छ ।

अहिलेको जस्तो चुनौती र समस्यामा नेपालको अर्थतन्त्र कहिल्यै नदेखिएको भन्दै उनले तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर १.८६ मात्रै हुने प्रक्षेपण गरेको उल्लेख गरे । यो आर्थिक वृद्धिदर सरकारको अपेक्षाभन्दा ४ गुणा कम रहेको उनको भनाइ छ ।

उनले मुलुकको समग्र वित्तीय क्षेत्र नै गम्भीर समस्यामा परेको दाबी गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : २७ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा