नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल « Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारवाही गर्नुपर्ने भन्दै सरकार पछि हट्न नहुने बताएका हुन् । उनले दोषीलाई बचाउन आउने जस्तोसुकै दबाबसामु कुनै पनि हालतमा सरकार झुक्न नहुने जिकिर गरे ।

त्यस्तै अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भइसकेकाले र यो साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । उनले कोशी नामाकरण कुनै धर्म र संस्कृति संग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरी सरकारले काम गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ३३ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार