गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन | Khabarhub Khabarhub

गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तम्घास- एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् ।

विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ ।

अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सका लागि एक जना मात्रै चालक राखिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीले १२ वर्ष पहिले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स खरिद गरेको र उक्त एम्बुलेन्सले छ वर्षसम्म सेवा दिएको थियो ।

अहिले रेडक्रसले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए पनि पुरानो एम्बुलेन्सको भने व्यवस्थापन हुन सकेको छैन । गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै रहेका एम्बुलेन्स अहिले झाडीतर्फ थन्किाइएको छ । एम्बलेन्सको खरिद मिति, लागत लगायतका बारेमा अस्पतालमासमेत आधिकारिक जानकारी छैन ।

एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुनसकेको छ, न त उचित व्यवस्थापन नै ।

रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा विगत चार वर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भूपु सैनिकले सात वर्षअघि किनेको एम्बुलेन्स तीन वर्षसम्म मात्रै सञ्चालन भयो ।

मर्मत खर्च धेरै लाग्ने भएकोले पालिकाले पनि सञ्चालन गर्न नसकेपछि अहिले नयाँ एम्बुलेन्सको खरिद प्रक्रिया अगाडि बढाएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । मालिका गाउँपालिका–६ अर्जैमा भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स दुई वर्षदेखि अलपत्र छ ।

मदाने गाउँपालिका –३ सिर्सेनीमा पालिकाले रु साढे दुई लाख खर्चेर एम्बुलेन्स बनाए पनि सञ्चालन हुनसकेको छैन । दुई वर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक वर्षमा दुई लाख खर्चेर मर्मत गरे पनि चालक अभावको कारण देखाउँदै पालिकाले एम्बुलेन्स सञ्चालन गर्न नसकेको स्थानीय भरत चन्दले बताए ।

इश्मा गाउँपालिका–४ दोहोलीमा भूपू आर्मीमार्फत प्राप्त एम्बुलेन्स चार महिनादेखि व्यवस्थापनको पर्खाइमा छ । मुसिकोट नगरपालिकामा तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन् । अर्लाङकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एकवर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार वर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार वर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए ।

बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इञ्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाइ छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङमा पनि एउटा एम्बुलेन्स विगत तीन महिनादेखि प्रयोगविहीन अवस्थामा छ ।

धुर्कोट गाउँपालिकाको वडा नं १ नयाँ गाउँ र वडा नम्बर ७ वाग्लामा गरी दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडि नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । सत्यवती गाउँपालिका– ४ लिम्घामा बिग्रिएको एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने भएपनि अलपत्र छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका विषयमा पालिका नै बेखबर छ ।

आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० वर्षअघि दिएको एम्बुलेन्स आठ वर्ष चलेर दुई वर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले सञ्चालन गर्न सकेको छैन ।

केन्द्रका कोषाध्यक्ष ताराप्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकाले समस्या भएको बताए ।

रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताए । “पुरानो बिग्रेर नयाँ खरिद ग¥यौँ”, उनले भने, “तर एम्बुलेन्सले सञ्चालन खर्च उठाउन नसकेर घाटामै छ ।” प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताए । “उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ” उनले भने ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ३४ बजे

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु

‘नेपाल आफ्नै गतिको आर्थिक विकासमा छ’

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु