एमाले संसदीय दलको बैठकमा नक्कली शरणार्थी प्रकरणबारे छलफल | Khabarhub Khabarhub

एमाले संसदीय दलको बैठकमा नक्कली शरणार्थी प्रकरणबारे छलफल


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली शरणार्थी प्रकरणलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली शरणार्थी प्रकरणमा सांसदहरुले चासो राखेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्ण रुपले सहयोग पु¥याउने जानकारी गराएको उनले बताए ।

“हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौँ । तर छानबिनका क्रममा कुनै पनि पूर्वाग्रह नराखियोस्, छानिबनलाई सहयोग गर्छौँ, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ”, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भने ।

बैठकमा संसदीय दलका नेता ओलीले आजदेखि सुरु भएको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

बैठकले जनस्तरमा उठिरहेका र दैनिक जीवनमा भोगिरहेका विविध समस्या समाधान गर्न प्रभावकारी ढङ्गले सदनमा आवाज उठाउने विषयमा पनि जोड दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : १९ बजे

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको