माओवादी केन्द्रसँग पार्टी एकताको विषय टुंगिएको छैन : डा. बाबुराम भट्टराई « Khabarhub

माओवादी केन्द्रसँग पार्टी एकताको विषय टुंगिएको छैन : डा. बाबुराम भट्टराई


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारेका छन् ।

आइतबार हेटौँडामा पत्रकारसँग कुराकानी गर्दै डा. भट्टराईले पुराना राजनीतिक शक्तिहरूले व्यवस्था फेरेपनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताउँदै वैकल्पिक शक्तिका रूपमा स्थापित हुने आफ्नो अभियान जारी नै रहेको बताए ।

‘वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि हुनु जायज हो । अब यो विषयमा अग्रगामी समाधान गरिनुपर्छ । वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न सक्दैन उनले भने ।

आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : २६ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका