भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण « Khabarhub

भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन् ।

गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावलले आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसर्मण गरेको बताए । रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

रावल बडुवालको हत्या भएकै दिनदेखि फरार थिए । उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रावलसहितका ८ जना फरारको सूचीमा थिए । रावलले अदालतमा आत्मसर्मपण गरेपनि अन्य ७ जना अझै फरार छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : २४ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य