मणिपुर हिंसा : २३ हजार मानिस विस्थापित « Khabarhub

मणिपुर हिंसा : २३ हजार मानिस विस्थापित


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन् ।

मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारी साधन र घरहरूमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्याँस प्रहार गरेपछि अशान्ति सुरु भएको थियो ।

सेनाले म्यान्मारसँग सीमा जोडिएको राज्यमा हजारौं सैनिक तैनाथ गरेको छ भने कसैलाई हिंसात्मक गतिविधि फैलाउने ‘चरम अवस्थामा’ ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो भने इन्टरनेट सेवा बन्द गरेको छ ।

सेनाले आइतबार रातभर कुनै ठूलो झडप नभएको र चुराचन्दपुर जिल्लामा बिहान ७ देखि १० बजेको बीचमा कफ्र्यू हटाइएको जनाएको छ ।

“पछिल्लो २४ घण्टामा सेनाले हवाई निगरानी, युएभीको आवागमन र इम्फाल उपत्यकाभित्र सेनाको हेलिकप्टरको पुनः तैनाथीमार्फत निगरानी प्रयासमा उल्लेखनीय वृद्धि गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

“अहिलेसम्म कूल २३ हजार सर्वसाधारणलाई उद्धार गरिएको छ र उनीहरूलाई सैनिक शिबिरमा सारिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

अधिकारीहरूले मृतकको आधिकारिक विवरण नदिए पनि राज्यको राजधानी इम्फाल र चुराचन्दपुरका अस्पतालका मुर्दाघरहरूमा जम्मा ५४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आदिवासी समूहहरू राज्यको बहुसङ्ख्यक मेइतेई समुदायलाई ‘अनुसूचित जनजाति’ श्रेणीअन्तर्गत मान्यता दिने सम्भावनाप्रति असन्तुष्ट छन् ।

यो पदनामले उनीहरूलाई संरचनात्मक असमानता र भेदभावलाई सम्बोधन गर्ने उद्देश्यले सकारात्मक कार्यको रूपमा सरकारी जागिर र कलेज भर्नाको निश्चित कोटा दिने गरेको छ ।

भारतको उत्तरपूर्वमा दशकौंदेखि जातीय र पृथकतावादी समूहहरूले अधिक स्वायत्तता वा भारतबाट स्वतन्त्रताको माग गर्दै प्रदर्शनहरू हुँदै आएका छन् र सन् १९५० को दशकदेखि मणिपुरमा कम्तीमा ५० हजार मानिसहरू मारिएका छन् ।

यी द्वन्द्वहरू वर्षौंदेखि कम हुँदै गएका छन् र धेरै समूहहरूले थप शक्तिका लागि नयाँ दिल्लीसँग सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ३९ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२