नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस : राजेन्द्र लिङ्देन « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस : राजेन्द्र लिङ्देन


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्ता जघन्य आपराधिक कार्य क्षम्य नहुने बताउँदै राजनीतिक शक्ति केन्द्रका आडमा भएका नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने र आरोपी उम्कन सक्ने खतरा रहेको शंका गरे।

प्रहरीले गरिरहेको अनुसन्धान कुनै पनि बहानामा रोक्न नहुने बताउँदै अध्यक्ष लिङ्देनले मुलुकमा भइरहेका संस्थागत भ्रष्टाचार अन्त्य नगरी सुशासन कायम हुन नसक्ने र देश समृद्ध हुन नसक्ने बताए । दुई दिनसम्म काठमाडौँमा चल्ने अधिवेशनमा पार्टीका पदाधिकारी तथा शीर्ष नेतृत्वले शुभकामना दिएका थिए ।

देशभरबाट करिब एक हजार एक सय प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक र महिलाका मुद्दा विषयक प्रतिवेदन र विधान मस्यौंदा समितिले प्रस्तुत गरेको विधानमा सहभागीबाट छलफल तथा संशोधनसहित पारित गरेपछि नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ ।

यही वैशाख २५ गते नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका छ । पार्टीले अवलम्बन गरेको हिन्दू राष्ट्रलगायत मुद्दामा साङ्गठनिक गतिविधि गर्दै आएको उक्त सङ्गठनले समसामयिक राजनीतिक विषयवस्तुमा छलफलका साथै महिला हक, हित अधिकारका लागि कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अन्जना रावलले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ५८ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका