लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी « Khabarhub

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन्।

लिन्डा आफैँले ट्विट गर्दै यसको जानकारी दिएकी हुन्। ‘यो भयो – पहिलो दिन ! सम्पर्कमा रहनुहोस्’ उनले लेखेकी छन्।

ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए।

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छन्।

उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २.० सिर्जना गर्न तथा मस्क र लाखौँ प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन्।’

लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छन्।

उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ३८ बजे

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा