लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी « Khabarhub

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन्।

लिन्डा आफैँले ट्विट गर्दै यसको जानकारी दिएकी हुन्। ‘यो भयो – पहिलो दिन ! सम्पर्कमा रहनुहोस्’ उनले लेखेकी छन्।

ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए।

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छन्।

उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २.० सिर्जना गर्न तथा मस्क र लाखौँ प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन्।’

लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छन्।

उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ३८ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी