सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा « Khabarhub

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन्।

बेलायती अखबार डेली मिररविरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन्।

डेली मिररका पत्रकारहरू माथि फोन ह्याकिङलगायतका गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्दा अदालतमा चलिरहेको छ।

एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारहरू माथि आरोप छ।

राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् र आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।

डेली मिरर, सन्डे मिरर र सन्डे अपीलले फोन ह्याकिङ र धोखाधडी सञ्चालन गरेको एमजीएन माथि आरोप छ।  एमजीएन सन २०१० देखि २०१९ सम्म निजी गुप्तचरहरूबाट निजी जीवनको बारेमा जानकारी सङ्कलन गर्ने कार्य गर्दथ्यो। एमजीएनले यो बिबादका बारेमा भनेको छ कि अदालतमा मुद्दा ल्याउन ढिला भयो।

अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। राजकुमारका वकिलले पत्रकारहरुलाई भने कि सुनुवाइ सुरु हुने अघि ह्यारीलाई दिवंगत आमा राजकुमारी डायनाको आवाज सुनाइएको थियो।

ह्यारी भन्छन् कि १४० वा रिर्पोटहरु जो प्रकाशित भएका थिए, त्यो  फोन ह्याकिङ वा अन्य गैर कानुनी कार्यहरूको परिणामवाट छापिन पुगेका थिए। उनका वकिलहरूले भनेकी जसका कारण लामो समयदेखि प्रेमिका चेल्सी डेभीसँगको राजकुमार ह्यारीको सम्बन्ध तोडिन पुग्यो।

ह्यारीले बेलायती अखबारहरू विरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन्, ती मध्ये यो केस पनि एक हो। उनले मर्डोकको एनजीएनमा पनि मुद्दा हाल्दैछन्। उनले एनजीएनको सन ट्याब्लोइडलाई पनि फोन ह्याकिङ र अन्य गैर कानुनी कार्यको आरोप लगाएका छन्।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ५० बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको