राजा मौलीको फिल्ममा आमिर खान भिलेन ! « Khabarhub

राजा मौलीको फिल्ममा आमिर खान भिलेन !


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता आमिर खानको उपस्थितिको रहस्य खुलेको छ।

यो कार्यक्रममा आमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मनपर्ने बताएका थिए। उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए। उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए।

फिल्म ‘लाल सिंह चड्डा’ पछि आमिरका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन्। साउथ सूत्रलाई मान्ने हो भने आमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन्। राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन्। यदी सबै कुरामा मिलेमा अभिनेता आमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन्। आमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए।

राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’पछि गरेका थिए। यो फिल्मका लागि साउथ स्टार महेश बाबूले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन्। महेश बाबूको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ। फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ। राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन्। फिल्मको सुटिङ आगामी वर्ष हुनेछ। फिल्ममा महेश बाबूको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ।

यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ। फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ। दीपिका निर्माणाधिन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन्।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन