नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार « Khabarhub

नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय जनशक्ति तयार गरिएको छ । 

उपमहानगरपालिका-३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । ‘हामीले चार सय  जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौँ, जसले विपद्का बेला खोज तथा उद्धारलगायतका काम गर्न सकोस्’, उनले भने, ‘उनीहरूका लागि आवश्यक सबै प्रकारका तालिम प्रदान गरिएको छ ।’ 

उक्त दुई वडा भूकम्पको उच्च जोखिममा रहनाका साथै आगलागी वा अन्य विपद्का घटना हुँदा आवतजावत गर्न कठिनाइ हुने  क्षेत्रका रुपमा लिइएको छ । ती वडामा भूकम्प तथा आगलागीका घटनामा समुदायमा चेतना जगाउने काम  र भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यासलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका परामर्शदाता डा सुजन मल्लले विपद्मा प्रतिकार्य क्षमता बढाउन नसेकेको बताए । विपद्का लागि बेग्लै चार तहको संयन्त्र आवश्यक परेको र यसका लागि स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । 

‘राज्यको जलवायु परिवर्तनमा बजेट छ तर विपदमा बजेट कम छ’ डा मल्लले भने । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्लाई उपमहानगरका तर्फबाट उच्च प्राथमिकता दिइएको जानकारी दिँदै यसमा नागरिकको पनि  दायित्व  रहेको उल्लेख गरे । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपद् पूर्वतयारीका लागि बजेट खर्च गर्न नपाउने प्रावधान रहेकाले कार्यक्रम सञ्चालनमा समस्या आएको छ भने ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत शिव सुवेदीले बीमामार्फत पनि भूकम्पीय जोखिम कम गराउन सकिने चर्चा गर्दै सबै सरोकार भएका समुदाय विपद्मा चनाखो हुन आवश्यक रहेको बताए । विपद्का लागि उपमहानगरपालिकाले विपद् राहत कोषमा ८० लाख बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  २ : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु