सिर्सियाबासीका समस्या सम्बोधन गर्न सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ « Khabarhub

सिर्सियाबासीका समस्या सम्बोधन गर्न सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ


२४ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् ।

बुधबार धर्नास्थल माइतिघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका विषयहरूमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने विषयलाई सम्बोधन गर्न तत्कालीन र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरूसँग पनि छलफल गरिने प्रतिवद्धता जनाए ।

कलकारखानाबाट निस्किएको फोहर सिँधे मिसाइँदै नदीमा प्रदुषण बढेको भन्दै उनीहरूले काठमाडौंमा धर्ना दिँदै आएका छन् । उनीहरूले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

त्यस्तै बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतिघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यस विषयको समाधान खोज्ने प्रतिवद्धता जनाए । उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरि सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए ।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरूको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लागि समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गरे ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  २ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको