विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको  चन्द्रागिरी नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो । 

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १३ किलो ५ सय ग्रामसहित मोरङ कानेपोखरी गाउँपालिका-४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरी थारूलाई  प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग.१ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार थारूलाई बोरामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् ।

उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : ३३ बजे

काठमाडौं-३ मा कुलमानलाई सुरुवाती अग्रता

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो

बहुप्रतिक्षित झापा-५ मा राति २ बजेबाट मतगणना सुरु गरिने

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ