आप्रवासीमाथि फ्रान्सको ज्यादती | Khabarhub Khabarhub

आप्रवासीमाथि फ्रान्सको ज्यादती


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आदर्श समाजको आधार नै भेदभावरहित समाज हो। यसै भेदभाव रहित समाजको खोजीमा संसारका हजारौं जना तड्पी रहेका छन्। तर यसबाट मुक्ति पाउन तेस्रो विश्वको त कुरै छाडौँ, संसारका समृद्ध देश पनि असफल भएका छन्। विकासको पर्याय मानिने युरोप पनि यसबाट अछुतो रहन सकेको छैन। खासमा आप्रवासी र विदेशी मूलका नागरिक त्यसमा पनि विगतमा आफ्नै उपनिवेशमा रहेका देशका आप्रवासी माथिको व्यवहार साँच्चै टिठ लाग्दो छ।

प्रहरीले १७ वर्षीय अल्जेरियन मूलका युवाको गोली हानी हत्या गरेपछि अहिले देशभरी दङ्गा भड्किएको छ। यसलाई फ्रान्सलाई आलोचित समेत बनाएको छ। त्यहाँको बढ्दो अशान्तिका कारण सरकार नै आजित भइसकेको छ। ऐतिहासिक महत्वको सहर मार्सेली अहिले चुपचाप र अत्यास लाग्दो अवस्थामा छ।

विकासको पर्याय मानिने युरोप पनि यसबाट अछुतो रहन सकेको छैन। खासमा आप्रवासी र विदेशी मूलका नागरिक त्यसमा पनि विगतमा आफ्नै उपनिवेशमा रहेका देशका आप्रवासी माथिको व्यवहार साँच्चै टिठ लाग्दो छ।

साझँ चाँडै नै काम सक्ने हतारो छ, सबैलाई। सार्वजनिक यातायात र पसल पनि धेरै बन्द हुन्छन्। साँझको समय प्रहरी र प्रदर्शनकारीबीच मुसा र बिरालो खेल चलिरहन्छ। आगजनी छ, सहरमा। हेलिकोप्टर र मोटरको साइरन पनि लगातार नै बजिरहेको हुन्छ। सञ्चार माध्यममा बिहान टक सोको आयोजना हुन्छ। सधैँ एकपक्षीय रूपमा बहस हुने गर्छन्। कसैले बहस नै एक पक्षीय भएको स्वीकार पनि गर्दैनन्। प्रहरीका प्रवक्ता, कानुन व्यवसायी र राजनीतिज्ञले हिंसा भड्कनुको कारण एउटै विषय ठान्ने गरेका छन्। यी सबैको आवाज मिलेको छ।

१७ वर्षीय ती बालकको हत्यापछि सबैले फ्रान्सको अध्यागमनको बारे प्रश्न उठाउने गरेका छन्। साथमा उनीहरूले आप्रवासीको सङ्ख्या धेरै हुनुलाई भड्किनुको मुख्य कारण मानेका छन्। त्यहाँ अर्को प्रश्नलाई कम महत्त्व दिइएको छ। तेस्रो र चौंथो पुस्ताका आप्रवासी आफू रहेको समाजमा किन घुलमिल हुन सकेनन्। वा भनौँ त्यस समाजले पूर्ण रूपमा स्वीकार गर्न सकेन। दङ्गाको एउटा माइन्ड सेट हुन्छ। आफैले आफ्नै सम्पत्तिको नास गरिरहेको पनि कसैलाई याद हुँदैन। यसै माइन्ड सेटसँगै फ्रान्समा पनि त्यसरी सार्वजनिक सम्पत्तिको आगजनी भइरहेको छ।

प्रहरीले १७ वर्षीय अल्जेरियन मूलका युवाको गोली हानी हत्या गरेपछि अहिले देशभरी दङ्गा भड्किएको छ। यसलाई फ्रान्सलाई आलोचित समेत बनाएको छ। त्यहाँको बढ्दो अशान्तिका कारण सरकार नै आजित भइसकेको छ।

एक जना क्यानडामा जन्मिएको मुस्लिम केही समय अघि फ्रान्स पुगेका थिए। उनले त्यहाँ अव्यक्त रङ्गभेद र मुस्लिमफोवियाको महसुस गरे। यस साता उनको हत्या भएपछि मुस्लिम र अल्जेरियनको बारे धेरै गलत र दिक्क लाग्दा अभिव्यक्ति बाहिर आउन थालेका छन्।

जुन महिनाको सुरुवातमा प्रधानमन्त्री एडुवार्डो फिलिपले आप्रवासीको नियमका विषयमा धेरै सुधार गर्ने भन्दै लामो भाषण गरेका थिए। उनले धेरै फ्रान्सेली तेस्रो या चौंथो पुस्ताका आप्रवासीलाई समेत सहज स्वीकार नगर्ने सोच रहेको बताएका थिए।

एकीकरण, शिक्षा र नागरिकको माइन्डसेटका लागि धेरै काम गर्न बाँकी रहेको उनले बताउँदै आएका थिए। उनले धेरै आप्रवासी इस्लाम हुनुलाई त्यहाँको समस्या ठानेका थिए। ‘यो केन्द्रीय विषय हो। साथमा विवाद गराउने विषय हो। र घाइते बनाउने विषय हो,’ उनले भनेका थिए। उनले अल्जेरियालीलाई फ्रान्समा सहज प्रवेश गराउने दुई पक्षीय सम्झौतामा पुन व्याख्या हुनु पर्ने कुरा समेत उठाएका थिए।

एक जना क्यानडामा जन्मिएको मुस्लिम केही समय अघि फ्रान्स पुगेका थिए। उनले त्यहाँ अव्यक्त रङ्गभेद र मुस्लिमफोवियाको महसुस गरे। यस साता उनको हत्या भएपछि मुस्लिम र अल्जेरियनको बारे धेरै गलत र दिक्क लाग्दा अभिव्यक्ति बाहिर आउन थालेका छन्।

जुन महिनाको अन्त्यमा फ्रान्सको एक विद्यालयको दृश्य सञ्चार माध्यमको देखाइएको थियो। विद्यालयमा इस्लाम बालिकाले लगाउने एक खाले रिबन लगाएर कत्ति जना प्रवेश गरे भन्ने गणना भएको रहेछ। यसरी शिक्षालय जस्तो पवित्र भूमिमा समेत रङ्गभेदी सोचको प्रभावले धेरैलाई आक्रोशित र क्षुब्ध बनाएको छ। एउटा बालिकालाई हिजाव देखि रिबन सम्म फुकाल्न लगाइएको थियो। फ्रान्सकै कानुन अनुसार पनि विद्यालयमा यस किसिमका पोसाक लगाउन पाइने छैन।

फ्रान्समा रहेका अल्जेरियाली आप्रवासीलाई यसले क्षुब्ध बनाएको थियो। औपनिवेशवादी सोचको असर ती अबोध बालिकामा पारिएकोमा उनीहरूको गुनासो थियो। यस शृङ्खलालाई पछ्याउँदै नाइसमा अर्को घटना घटेको थियो। ९ वर्ष र ११ वर्षका दुई बच्चाले विद्यालय हातामा नै प्रार्थना गरेका थिए। नाइस सहरका मेयर क्रिस्टीयन इरोटी दक्षिण पन्थी राजनीतिक दलका प्रमुख इरिक सियोटी र शिक्षा मन्त्री पाप निदाइयाले ती बालिकाप्रति आक्रोश व्यक्त गर्दै विज्ञप्ति नै निकालेका थिए। त्यसको केही दिन पछि नै महिला विश्वकप फुटबल २०२३ को पूर्व सन्ध्यामा न्यायालयले नै मुस्लिम फुटबलरलाई खेलको दौरान हिजाव लगाउन गरिएको प्रतिबन्धलाई अझ दरिलो आधार दिएको थियो।

जुन महिनाको सुरुवातमा प्रधानमन्त्री एडुवार्डो फिलिपले आप्रवासीको नियमका विषयमा धेरै सुधार गर्ने भन्दै लामो भाषण गरेका थिए। उनले धेरै फ्रान्सेली तेस्रो या चौंथो पुस्ताका आप्रवासीलाई समेत सहज स्वीकार नगर्ने सोच रहेको बताएका थिए।

युवा नाहेललाई मारिएपछि ती प्रहरीलाई पुरस्कृत गर्ने भन्दै दक्षिणपन्थीले १४ लाख अमेरिकी डलर त चन्दा उठाएका थिए। केही वामपन्थीले यसको विरोध गरे। तर, धेरै दक्षिण पन्थी त्यस बालकको हत्याको पक्षमा आफूलाई उभ्याएका थिए। यस घटनाले पश्चिम अफ्रिकाका बसोबास गरिरहेका धेरै इस्लामलाई आक्रोशित तुल्यायो। यस अघि पनि फ्रान्समा राज्यको जस्तो व्यवहार नभएको चिन्ता उनीहरूलाई छ। निहालको हत्या पछिको आक्रोशले त्यहाँ भएको हिंसा त्यत्तिकै कम हुने अवस्था छैन। धेरैले मार्टिन लुथर किङलाई सम्झेका छन्, ‘दङ्गा बोल्न नसकिएका आवाज बाहिर निकालिएको हो। ’

मार्सेलीको अवस्था चिन्ताजनक छ। त्यहाँ बेरोजगारी समस्या छ। साझँ परेपछि लागू औषधको कारोबार र सेवन जस्ता गतिविधि सामान्य हुन थालेका छन्। विभिन्न ग्याङ बनाउँदै लुट्न पनि त्यहाँ स्वाभाविक घटना हुन थालेका छन्। त्यहाँ प्रहरीको ज्यादती पनि एउटा पक्ष र अल्जेरियाली आप्रवासी माथि नै धेरै छ।

कुनै समय फ्रान्सको उपनिवेश रहेको अल्जेरियालीको फ्रान्सको धेरै सङ्ख्यामा बसोबास छ। उनीहरूमाथि भेदभाव पनि त्यत्तिकै छ। अल्जेरियालीको भूमिका पनि कतिपय स्थानमा खराब छ। उनीहरूको बाक्लो उपस्थितिमा रहेको मार्सेली त लागूऔषध केन्द्र नै बनेको छ। गत वर्ष मार्सेलीमा लागूऔषध कारोबारसँग सम्बन्धित ३१ वटा हत्याका घटना भएका थिए। यस वर्ष अहिलेसम्म २३ वटा घटना भए। यसरी मर्ने मध्यको दुई तिहाइ ३० वर्ष भन्दा कम उमेरका छन्।

मार्सेलीको अवस्था चिन्ताजनक छ। त्यहाँ बेरोजगारी समस्या छ। साझँ परेपछि लागू औषधको कारोबार र सेवन जस्ता गतिविधि सामान्य हुन थालेका छन्।

दुई वर्ष अघि नै फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले यस समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनको प्रतिबद्धताको बाबजुद मार्सेली सही बाटोमा जान सकेको छैन। यो बीचमा पनि भ्रमणमा रहेका म्याक्रोनले आगामी दिनमा तीव्र गतिमा सुधार हुने आश्वासन दिलाएका थिए। उनले विद्यालय, अस्पताल, प्रहरी प्रभाग र जेलको अवस्थामा सुधार गर्ने जनाएका थिए। म्याक्रोनको यो प्रतिबद्धताका बाबजुद फ्रान्स अहिले अस्थिर छ। विभेद, ग्यांङस्टार र लागू औषध कारोबारले फ्रान्सलाई सताउन छाडेको छैन।

                                                                                                                                                        स्रोतः बीबीसी

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ०६ बजे

उपेन्द्र यादवको तर्क- अब पार्टी फुट्ने पालो माओवादीको

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो

महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल

कांग्रेस सांसद खतिवडाको आरोप : रविलाई जोगाएर सरकारले नै संसद्‍मा अवरोध गर्‍यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

काठमाडौं– भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैन : सांसद शर्मा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले