समस्यामा परेका नेपालीलाई गुनासो टिपाउन रियादस्थित दूतावासको आग्रह  « Khabarhub

समस्यामा परेका नेपालीलाई गुनासो टिपाउन रियादस्थित दूतावासको आग्रह 


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोहा : रियादस्थित नेपाली दूतावासले साउदी अरबमा कार्यरत नेपालीहरूलाई आफ्नो समस्या वा गुनासो टिपाउन अनुरोध गरेको छ।

दूतावासले बिहीबार साँझ एक सूचना जारी गर्दै साउदी अरबमा कार्यरत रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा गुनासो भए यहाँ दिएको लिंक मा गई आफ्नो समस्या वा गुनासो अनलाइन मार्फत पठाउन अनुरोध गरेको हो ।

समस्यामा परेका नेपालीहरूले पठाएको गुनासो तथा समस्या समाधानका लागि आफ्नो क्षेत्राधिकारको अधीनमा रही दूतावासबाट पहल हुने जनाइएको छ । 

समस्या समाधानमा भएको पहल तथा प्रयास सम्वन्धी जानकारी अनलाइन मार्फत सार्वजनिक गरिने जनाएको छ। माथि दिएको लिंक मार्फत हेर्न सकिने भएकाले उक्त लिंकको प्रयोग गरी आफ्नो समस्या तथा गुनासो राख्न दूतावासले भनेको छ । 

पीडितहरूलाई परेको श्रम सम्बन्धी समस्याको उजुरी दर्ता गराउन दूतावासमा प्रत्यक्षरूपमा उपस्थित हुन विभिन्न कठिनाइ पर्ने भएकाले सहजरूपमा नेपाली नागरिककै मोबाइलबाट उजुरी गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । 

तर यस अघि नै समस्या दर्ता गराइसकेकाले भने पुनः पठाउन नपर्ने दूतावासले जनाएको छ । प्राप्त उजुरी उपर दूतावासले गरेको कार्यबाहीको पछिल्लो अवस्थाको अनलाइनबाटै जानकारी गराउने दूतावासको भनाइ छ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलाल मार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि दूतावासले समस्या तथा गुनासो समाधानको लागि पहल सुरु गरेको हो । 

साउदी अरबमा विभिन्न पेशामा गरी करिव चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : १४ बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का