स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- स्रोत नखुलेको नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन् ।

उनलाई जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : १३ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न