स्रष्टा समीर नेपालका दुई कृति विमोचन « Khabarhub

स्रष्टा समीर नेपालका दुई कृति विमोचन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ ।

ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भइसकेका छन् ।

कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले उनको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताइन् ।

लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : १४ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले