ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको संलग्नता भए पनि कारवाही हुनुपर्छ : नेता आले « Khabarhub

ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको संलग्नता भए पनि कारवाही हुनुपर्छ : नेता आले


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका हुन् ।

उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानबिन गरि दोषी भए कारवाही गर्नुपर्ने उनले बताए ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भएपनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गरे । उनले सरकारले कामकारवाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए ।

पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफूले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ४४ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली