ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको संलग्नता भए पनि कारवाही हुनुपर्छ : नेता आले « Khabarhub

ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको संलग्नता भए पनि कारवाही हुनुपर्छ : नेता आले


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका हुन् ।

उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानबिन गरि दोषी भए कारवाही गर्नुपर्ने उनले बताए ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भएपनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गरे । उनले सरकारले कामकारवाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए ।

पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफूले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ४४ बजे

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम