फाइल तस्वीर

राजनीति

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

By खबरहब

August 07, 2023

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

विधायन व्यवस्थापन समितिको सभापति जयन्तीदेवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।