भिटामिन ‘डी’ कम हुँदा लाग्नसक्छ घातक रोग « Khabarhub

भिटामिन ‘डी’ कम हुँदा लाग्नसक्छ घातक रोग

बच्न के गर्ने ?


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

शरीरमा भिटामिन ‘डी’ को कमी धेरैलाई हुनसक्छ। भिटामिन ‘डी’ को कमी हुँदा शरीर दुख्न र धेरै रोग लागेजस्तो हुने हुनसक्छ। शरीरमा भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन ‘डी’ को कमीले धेरैलाई सताइरहेको चिकित्सक बताउँछन्। भिटामिन ‘डी’ को कमीले क्यान्सर, डाइबेटिजजस्ता घातक रोग पनि लाग्नसक्ने सम्भावना रहन्छ। भिटामिन ‘डी’ ले बच्चामा सामान्य वृद्धि र विकास गर्न योगदान गर्ने अनुसन्धानले देखाएको छ। भिटामिन ‘डी’ को समस्या के कारणले हुन्छ ? कसरी बच्ने ? के कस्ता खाने कुराहरू खाने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि सिनियर फिजिसियन डा. मिलन खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

शरीरमा भिटामिन ‘डी’ को कमी के कारणले हुन्छ ?
हाम्रो शरीरमा वोन स्वस्थ हुनका लागि भिटामिन ‘डी’ को महत्त्वपूर्ण भूमिका रहेको छ। यसले मांसपेशीका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण मानिसमा भिटामिन डीको कमी देखिन्छ। पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिने हो। भिटामिन डीको कमी भएमा डिप्रेसन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि लाग्न सक्छन्। महिलामा हुने हार्मोन बढाउन भिटामिन ‘डी’को आवश्यकता पर्दछ। तर, पुरुषको हार्मोनहरू बढाउन भने भिटामिन ‘डी’ आवश्यक पर्दैन। पछिल्लो समय महिला धेरै कार्यालयमा नै सीमित हुनेक्रम बढ्दो भएको र धेरै घाममा नबस्ने गर्दा पनि समस्या बढेको छ। पछिल्लो समय हाम्रा घरको डिजाइन पनि घाम नछिर्ने प्रकृतिका छन्। जस कारण पनि यो समस्या बढ्दो रूपमा रहेको छ।

भिटामिन ‘डी’को कमी हुँदा के कस्ता लक्षणहरू देखिन्छन् ?
भिटामिन ‘डी’को कमी भएमा सुरुमा कुनै लक्षणहरू देखिँदैन। कोही मानिसमा हड्डी र मांसपेसीको दीर्घकालीन दुखाइ हुने, पेट दुख्ने, छिन छिनमा नै मुड परिवर्तन भइराख्ने, बारम्बार पिसाब लागि रहने, सामान्य काम नगरी थकान महसुस हुने, जोर्नीहरू बेस्सरी दुख्ने, इच्छाशक्ति कमी भएको जस्तो हुने हुन्छ। दिशामा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने, निराशा बढ्ने, बेचैनी हुने, एकाग्रता हुन नसक्ने, निन्द्रा नलाग्ने, तिर्खाएको महसुस हुने लक्षण देखा पर्नसक्छन्। घाउ वा चोट समयमा निको नहुने भयो भने पनि भिटामिन ‘डी’ को कमी भएर हुन्छ।

यस्ता लक्षणहरू देखिँदा पनि समयमा अस्पताल पुगेन भने दीर्घकालीन रूपमा कस्तो असर देखिन्छ ?
कोही मानिसमा यस्ता लक्षणहरू देखिए भने यो सामान्य ठान्नु हुँदैन। एकदुई दिनमा निको भइहाल्छ भनेर बस्यो र समयमा अस्पताल पुगेन भने उसको पछि हात बाउँडिने, धेरै झमझमाउने समस्या देखा पर्छ। साथै नशामा समस्या आउन सक्छ। घाउ चोट समयमा निको नहुने हुनसक्छ।

भिटामिन ‘डी’को कमी भएमा हामीले के गर्ने ?
यसको लागि सबै भन्दा पहिला आफूलाई कुनै रोग लागेको महसुस भयो भने अस्पताल गएर चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ। भिटामिन डी एक वर्ष भन्दा मुनिकालाई दैनिक ४०० आइयु र एक वर्षभन्दा माथिकालाई दैनिक ६०० आइयु जरुरी पर्छ। यसको लागि दैनिक रूपमा बिहान नौ बजेभन्दा अगाडिको घाममा १० देखि २० मिनेट सन्सक्रिन लगाएर हात खुट्टा र छालामा घाम पर्ने गरी घाममा बस्नुपर्छ। यसले हामीलाई फाइदा गर्छ।

भिटामिन ‘डी’ कमी हुँदा के कस्तो कुरा खाने र यो समस्या नहोस् भनेर के गर्ने?
हाम्रो शरीरमा चाहिने भिटामिन ‘डी’ ९० प्रतिशत सूर्यको प्रकाशबाट नै आउँछ। १० प्रतिशत मात्र बाहिर खानेकुराबाट लिने हो। त्यसैले घाममा बस्नुपर्छ। यसका साथै दूध, दही, पनिर, अण्डा, सालमोन, माछा, च्याउ, सिस तेल लगायतका खाने कुरा र भिटामिन डी को क्याप्सुल सेवन गर्न सकिन्छ। भिटामिन ‘डी’ युक्त खानेकुरा खानुपर्छ। माछा, साल्मनहरू खाने गर्नुपर्छ। भिटामिन ‘डी’ को कमी भयो भने धेरै रोगहरू लाग्ने र स्वास्थ्यमा गम्भीर समस्या निम्तिने हुन्छ। त्यसैले बेलैमा ध्यान दिनु आवश्यक छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ५५ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु