संसदको गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्दै « Khabarhub

संसदको गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्दै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज संसद बैठक बस्नु अघि मध्याह्न १२ बजे आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामुख घिमिरेले हिजो संसदको गतिरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको थियो ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका कारण साउन १० देखि संघीय संसदका दुवै सदन अवरुद्ध छन् । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : १० बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम