माधव नेपाल स्विट्जरल्याण्ड प्रस्थान | Khabarhub Khabarhub

माधव नेपाल स्विट्जरल्याण्ड प्रस्थान


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन नेता नेपाल टर्किस एयरको विमानद्वारा आज बिहान इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन् । नेता नेपाल भदौ १ गते स्वदेश फर्किने छन् ।

यसैबीच, ललिता निवास जग्गा प्रकरणमा हिजो सर्वोच्च अदालतबाट भएको आदेशका सन्दर्भमा नेपाल जानकार रहेको उनको निजी सचिवालयले जनाएको छ ।

सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा नेता नेपाल दृढ रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ४० बजे

शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड

लुम्बिनी– रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश

पर्यटकको पर्खाइमा म्याग्दीको ‘तास्नाधुरी’

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकको पर्खाइमा छ ।

कर्मचारीले बुझाए राज्य व्यवस्था समितिमा हस्ताक्षर 

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले प्रस्तावित संघीय निजामती सेवा ऐनमा

दही र महीको माग बढ्दै

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा