नेपालको भौगोलिक अवस्थितिले गर्दा परराष्ट्र सम्बन्ध जटिल र चुनौतीपूर्ण देखिएको छ। नेपालको समसामयिक भू-राजनीतिक र आन्तरिक परराष्ट्र सम्बन्धमा परेका असर अहिले देखिन थालेका छन्। तर पनि नेपालको भू-राजनीति वा परराष्ट्र सम्बन्धको चर्चा सीमित वर्गमा मात्र हुने गर्दछ। यो विषयवस्तुलाई जनस्तरसम्म पुर्याउन सकिएको छैन।
हाम्रो भौगोलिक अवस्थितीले देशको भाग्य, दुर्भाग्यको बारेमा धारणा बनाउने अवसर मिल्छ। नेपालको कूटनीति कोल्टे परेको छ। धेरै सन्तुलनमा छैन। हामीले उत्पादनशीलता के हो भन्ने बाटो नै लिने सकेका छैनौं। दुई ठुला देशहरू उन्नतिको बाटोमा छन्। तर हामी छैनौँ। भूगोल त स्थिर छ, यसलाई हामीले केही पनि गर्न सक्दैनौँ। छिमेकी पनि बदल्न सक्दैनौँ। भूगोलको स्थायित्व बुझे पनि राजनीतिको स्थायित्व मैले बुझिन।
भूगोलले हामीलाई थिचिरह्यो। यो भूगोल अप्ठ्यारोमा छ। आन्तरिक रुपमा भेल बाढीले बगाउने, जङ्गलले छेक्ने र पहाडले घेरेको छ। भूगोलको आफ्नो बाध्ययता छ। यसलाई व्यवस्थापन गर्ने राजनीति हो। तर राजनीतिक व्यवस्थापनले हार्दा भूगोलले जित्यो। भूगोलको अप्ठ्यारोपन बरकरार छ। तर राजनीतिले दिनुपर्ने व्यवस्थापन दिन सकेको छैन। यही व्यवस्थाको बीचमा एउटा हीन भावले ग्रस्त भएर हामी बसेका त छैनौं ?
कतै यता चिढिन्छ कि, उता चिढिन्छ भन्दा भन्दै आफैलाई चिढ्याउने अवस्थामा त हामी छैनौँ ? हामी कुन बाटोमा छौं ? हामी हाम्रो कूटनीतिक भू-राजनीतिबाट प्रभावित छौँ भने यो धरातलीय यथार्थ हो। यसका प्रभावलाई हामीले राम्रोसँग मूल्यांकन गर्नुपर्छ। हामीले हाम्रो शिक्षामा, स्वास्थ्यमा, राजनीतिमा, विकासका कार्यमा यो भू-राजनीतिको प्रभाव अवश्य नै हुन्छ। त्यसलाई हाम्रो राष्ट्रिय हितमा र आवश्यकतामा कसरी प्रयोग गर्ने भन्नेमा हाम्रो प्रयास हुनुपथ्र्यो र कूटनीतिले त्यसलाई योगदान दिएको दृश्य हेर्न पाउनुपर्थ्यो। तर त्यस्तो भएका छैन। यसलाई हामीले गम्भीर ढङ्गले हेर्नुपर्छ। हाम्रो परराष्ट्र नीतिको प्रतिपादित विषयलाई जनताले बुझेका छन् त ? हामीले बुझेर यो काम गरेको छौँ ? यो सरकार र व्यक्ति पिच्छे फरक हुने हुनु हुँदैन। यसको कन्टेन (विषयबस्तु) कस्तो छ र हामीले कति संवाद गर्छौँ ? यो गम्भीर विषय छ। हाम्रा भूराजनीतिक समस्या छन् तर त्यसलाई संवाद गर्ने क्षमता हामीसँग छ कि छैन यो अहम् प्रश्न छ।
केही समयदेखि हाम्रा सम्बन्धहरू ‘ट्रान्जेक्सनल’ (संक्रमणकालीन) भएर गएका छन्। हाम्रो परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्छ। आम जनताको राष्ट्रिय हितको मुखरित हुनुपर्छ। तर कतै नीतिहरूलाई दलीयकरण गर्दै त छैनौँ ? हामी सबैसँग घनीभूत सम्बन्ध राख्छौँ। त्यो सम्भावना छ या छैन। भूगोल इतिहास संस्कृति भाषाले एक किसिमको सम्बन्ध हुन्छ। त्योबाट अवसर र चुनौती दुवै आएको हुन्छ।त्यसको व्यवस्थापन गर्नुपर्छ। त्यो व्यवस्थापनको कुरा हामीले कसरी गरेका छौँ ? यो पनि सवाल गम्भीर छ।
एकातिरको छिमेकीलाई अर्कोविरुद्ध प्रयोग गर्ने प्रवृति नेपालको राष्ट्रिय हितको लागि छैन। यसको लागि हाम्रो नै नीति मजबुत हुनुपर्छ। परराष्ट्र नीति भनेको त हाम्रो गृह नीतिको विस्तार हो। हामी हाम्रो आन्तरिक मामलामा सबल भए मात्र परराष्ट्र सम्बन्ध बलियो हुन्छ। आन्तरिक रूपमा विकासको सम्बन्ध बन्द गर्छौँ भने बाहिरी रूपमा विकासको सम्बन्ध बनाउन सक्दैनौँ। त्यस कारण हाम्रो आन्तरिक सम्बन्ध हाम्रो विषयवस्तुसँगका ज्ञानको अभाव देखिन्छ। नीतिको राम्रोसँग पहल गरेर निचोडमा पुगेको अवस्थाको अभाव छ। हाम्रो घर भित्रको अव्यवस्थापन जुन छ त्यसले गर्दा बाहिय हस्तक्षेप झेल्नु परेको छ। यो अवस्था हामीले नै ल्याएका हौँ। हामी सबल छौँ भन्ने किसिमको आश्वासन दिन सकेको भए उनीहरु हस्तक्षेप गर्न आउनुपर्ने कारण हुँदैन।
हाम्रो आन्तरिक मामलामा हामी स्वाभिमानी र विश्वसनीय कति छौँ। हाम्रो सुशासन राम्रो नभएसम्म विकास हुँदैन र विकास राम्रो नभएसम्म हामी विश्वसनीय पनि हुँदैनौ। यो सबै कुरा संवाद गर्न सक्ने क्षमता आन्तरिक नीति दह्रो भएपछि मात्र आउँछ। दुई देश विकास हुँदा त्यसको सकारात्मक पक्ष यहाँ नदेखिनु भनेको हाम्रो कमजोरी नै हो।
यही गतिमा हामी बसिरह्यौं भने विकसित देशले पनि लाज मान्नुपर्ने हुन्छ। हामीले संवाद गर्नसक्ने क्षमता छ कि छैन हामीले आफ्नो दलको सुरक्षा, प्रशिक्षण, अनुदानको लागि दलको आश्रयको लागि हामीले मुन्टो लुकाएर हिँड्छौं भने यसको प्रभाव पर्यो भनेर अनौठो मान्ने कुरा केही आउँदैन। दलमार्फत नै हो यो प्रभाव आउने। त्योबाट मुक्त गर्ने पनि राजनीतिक नेता नै हुन्। हामीसँग अन्तर्राष्ट्रिय अपराध बढिरहेका छन्, अर्थतन्त्र उकासिएको छैन यो सबै कुरा यथावत् रहयो भने विदेशीको हस्तक्षेप थप बढेर जान्छ। यसलाई जोगाउन पत्रकार सबै लाग्नुपर्छ।
हाम्रो परराष्ट्र नीति परम्परागत शैलीमा वा घोकेको शैलीमा चलिराखेको छ। समसामयिक रूपमा यसको पुनरावलोकन हुनुपर्ने थियो। भू-राजनीतिकको जुन नयाँनयाँ आयाम सिर्जना भएका छन् त्यसको समाधान गर्नुपर्छ। दक्षिणतिरको सम्बन्ध पनि व्यवसायिक रूपमा हेर्न सक्छौँ। यो सबै व्यवस्थापन हो। हामी आफ्नै रणनीति बनाउनुपर्छ। अरूको रणनीतिको भरमा चल्नु हुँदैन। हामी पछिल्लो समय सहमति गर्ने वा सम्झौता गर्ने प्रणालीमा अघि बढेका छौँ। त्यसमा सही र गलत छुट्याउनुपर्छ।
परराष्ट्र नीति पनि आन्तरिक नीतिको विस्तारित रुप हो। नेपालको परराष्ट्र नीति भू-अवस्थितिमा मात्र भर पर्न सक्दैन। नेपाल एकीकरण भएदेखि नै राजा पृथ्वीनारायण शाहले परिकल्पना गरेको हाम्रो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तले चीन र भारतबीचको भू-राजनीतिक संवेदनशीलतालाई मार्गदर्शन गर्ने कुरामा जोड दिएको थियो। आज नेपाल विश्वका ठूला शक्तिका लागि चासोको भूमि बनेको छ। जसले गर्दा देखिने गरी नै भू-राजनीतको प्रतिस्पर्धा चलिरहेको छ। बदलिँदो परिस्थितीतिमा नेपालको परराष्ट्र नीतिमा सकारात्मक परिवर्तन ल्याउन राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण ‘फाइभ सी’ सिद्धान्तबाट नेपाललाई निर्देशित गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
‘फाइभ सी’ सिद्धान्त स्थिरता (कन्सीस्टेन्सी) : हाम्रो विदेश नीतिले सरकार परिवर्तन भए पनि स्थिरता (कन्सीस्टेन्सी) देखाउनुपर्छ। यसले राष्ट्रिय सहमतिलाई सुदृढ पार्नेछ र देशको हितलाई सुनिश्चित गर्नेछ।
निरन्तरता (कन्टिनिउटी): आन्तरिक नीति परिवर्तन र उतार-चढावको बाबजुद हाम्रो विदेश नीतिमा निरन्तरता महत्त्वपूर्ण हुन्छ। हाम्रो भूराजनीतिक अवस्थिती एक प्रमुख कारक हो जसले सरकार परिवर्तन भइरहे पनि नीतिमा निरन्तरता आवश्यक छ।
विश्वसनीयता (क्रेडिबिलिटी): कूटनीतिमा हाम्रो प्रतिबद्धता र व्यवहार विश्वसनीयतामा धेरै निर्भर रहन्छ। नेपालको परराष्ट्र नीतिलाई विश्वसनीय ढङ्गले सञ्चालन गर्नुपर्दछ, जटिल परिस्थितिमा पनि विश्वासको जगेर्ना गर्दै र राष्ट्रीय हित अनुकुल हुनेगरी हाम्रो विश्वसनियता व्यवहारमा देखाउँने र त्यस्मा प्रतिबद्ध रहेको देखाउनुपर्छ।
सामग्री (कन्टेन्ट): सफल विदेश नीति निर्माण गर्न महत्त्वपूर्ण मुद्दा र विषयको सम्बोधन गर्नु आवश्यकता हुन्छ। हामीले देशको हितका लागि विविधिकरणलाई प्राथमिकता दिँदै नेपालको अवसर, सम्भावना र चुनौती पहिचान गर्नुपर्छ। त्यो सबै विषयवस्तुमा आधारित हुनुपर्छ।
सहकार्य (को-अपरेशन): सफल परराष्ट्र नीतिका लागि सबै पक्षबीचको सहकार्य र वार्तालाई जोड दिनु आवश्यक छ। कूटनीतिक संवादको तयारी, विचार सिर्जना र सहकार्य हाम्रो परराष्ट्र नीतिको उद्देश्यको अग्रभागमा हुनुपर्छ। भूराजनीतिलाई हामीले बाध्यताको रूपमा मात्र लिनु हुँदैन। हरेक देशको भूराजनीति हुन्छ। यसलाई सही ढंगले व्यवस्थापन गर्न सक्यो भने मात्र अन्तर्राष्ट्रिय सम्बन्धबाट लाभ लिन सकिन्छ। नत्र हामीले केही समस्या पर्यो भने समाधान गर्नै नसक्ने हुन्छौँ। त्यसकारण सम्बन्धलाई लाभदायक रूपमा रूपान्तरण गर्नुपर्छ।
हामी एकातिरको छिमेकीलाई अर्कोविरुद्ध प्रयोग गर्ने प्रवृति स्वभाविक रुपमा राष्ट्रिय हितको विपरित छ। परराष्ट्र नीति भनेको त हाम्रो गृह नीतिको विस्तार हो। हामी हाम्रो आन्तरिक मामलामा सबल भए मात्र परराष्ट्र सम्बन्ध बलियो हुन्छ।
आन्तरिक रूपमा विकासको सम्बन्ध बन्द गर्छौँ भने बाहिरी रूपमा विकासको सम्बन्ध बनाउन सक्दैनौँ। हाम्रो आन्तरिक सम्बन्ध हाम्रो विषयवस्तुसँगका ज्ञानको अभाव र नीतिको राम्रोसँग पहल गरेर निचोडमा पुगेको अवस्थाको अभाव छ। हाम्रो घर भित्रको अव्यवस्थापन जुन छ त्यसले गर्दा विदेशी हस्तक्षेप झेल्नु परेको छ। अहिले विदेशीको चलखेलको कुरा आइरहेको छ। यो अवस्था हामीले नै ल्याएका हौँ। हामी सबल छौँ भन्ने किसिमको आश्वासन दिन सकेको भए उनीहरु हस्तक्षेप गर्न आउनुपर्ने कारण हुँदैन।
हाम्रो आन्तरिक मामलामा हामी स्वाभिमानी र विश्वसनीय कति छौँ। हाम्रो सुशासनको प्रत्याभूती राम्रो नभएसम्म विकास हुँदैन र विकास राम्रो नभएसम्म हामी विश्वसनीय पनि हुँदैनौ। यो सबै कुरामा संवाद गर्न सक्ने क्षमता आन्तरिक नीति दह्रो भएपछि मात्र आउँछ। छेउका दुई देश विकास हुँदा त्यसको सकारात्मक पक्ष यहाँ नचुहिनु भनेको हाम्रो कमजोरी हो।
यही गतिमा हामी बस्यौं भने विकसित देशले पनि लाज मान्नुपर्ने हुन्छ। हामीले संवाद गर्न सक्ने क्षमता छ कि छैन ? हामीले आफ्नो दलको सुरक्षा, प्रशिक्षण, अनुदानको लागि दलको आश्रयको लागि मुन्टो लुकाएर हिँड्छौ भने यसको प्रभाव मर्यो भनेर अनौठो मान्ने कुरा केही आउँदैन। दलमार्फत नै हो यो प्रभाव आउने। त्योबाट मुक्त गर्ने पनि राजनीतिक नेता नै हुन। नेपाल अन्तर्राष्ट्रिय अपराधीको क्रिडास्थल बनिरहेको छ। अर्थतन्त्र उकासिएको छैन। यो सबै कुरा यथावत् रह्यो भने विदेशीको भू-राजनीतिक हस्तक्षेप थप बढेर जान्छ। यसलाई जोगाउन सबै लाग्नुपर्छ।
यो भू-राजनीतिलाई हामीले बाध्यताको रूपमा लिने होइन। हरेक देशको भूराजनीति हुन्छ। यसलाई सही ढंगले व्यवस्थापन गर्न सक्यो भने मात्र अन्तर्राष्ट्रिय सम्बन्धबाट लाभ लिन सकिन्छ अन्यथा हामीले केही समस्या पर्यो भने समाधान गर्नै नसक्ने हुन्छौँ। त्यस कारण सम्बन्धलाई लाभदायक रूपमा रूपान्तरण गर्नुपर्छ। ‘भू-राजनीतिको भारसँगै ‘भू-राजनीतिको अवसरलाई एकैसाथ राखेर बुझ्नुपर्दछ।
(पत्रकार बाबुराम विश्वकर्माको पुस्तक ‘भू-राजनीतिको भार’को विमोचन कार्यक्रममा शनिबार प्रमुख अतिथिका रूपमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)