ब्रेकिङ स्टोरी

सभामुख घिमिरेसहित शीर्ष नेताहरूको बैठक जारी

By खबरहब

August 07, 2023

काठमाडौँ– संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।

साउन १० मा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका बैठक सूचना टाँसेर स्थगित भएका थिए ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए ।

प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि आज सभामुख घिमिरेले शीर्षनेताहरुको बैठक राखेका हुन् ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभा र दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।