कम्बोडियाली नेता हुन सेनका जेठा छोरा नयाँ प्रधानमन्त्री नियुक्त « Khabarhub

कम्बोडियाली नेता हुन सेनका जेठा छोरा नयाँ प्रधानमन्त्री नियुक्त


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्होम पेन- करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुन सेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेपछि मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ‘प्रहसन’ भन्दै आलोचना गरिएको थियो ।

संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै नतिजाप्रति विमति जनाएका छन् ।

सोमबार हुन सेनको अनुरोधपछि राजा नोरोदोम सिहामोनीले शाही आदेश जारी गर्दै ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरिएको’ उल्लेख गरेका छन् ।

यद्यपि औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उहाँको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसदमा विश्वासको मत प्राप्त गर्नैपर्छ ।

आगामी सरकारले युवा मन्त्रीहरूको एउटा समूहलाई ल्याउने अपेक्षा गरिएको छ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने तर देशको राजनीतिमा आफ्नो प्रभावलाई नत्याग्ने बताएका छन् ।

सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । यद्यपि उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूको उन्मूलन पनि भएको आलोचकहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ०० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ