मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन | Khabarhub Khabarhub

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा एक करोड ८१ लाख ५० हजार आठ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत रु पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ ।

आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि रु २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ३० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय