पाकिस्तान रेल दुर्घटना : मृतकको सङ्ख्या ३० पुग्यो « Khabarhub

पाकिस्तान रेल दुर्घटना : मृतकको सङ्ख्या ३० पुग्यो


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पुर्‍याइएको बताए ।

कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको