प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि « Khabarhub

प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उनीहरुको आरोप छ । आज पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए ।

पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । “कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ”, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाए । “संसदमा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन”, उनले भने, “सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ ।”

रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले जनताको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरे । “संसद् अवरुद्ध गरेर प्रतिपक्ष र सत्तापक्ष आफैँ मिल्ने भेट्ने गरिरहनुभएको छ, सामाजिक सञ्जालमा फोटो आउँछन्”, उनले भने, “सदन सञ्चालनको खर्च, सांसदको समय र जनताको मुद्दामा उहाँहरु जिम्मेवार हुनुभएन ।”

आज बैठक बस्न नसकेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि तय भएको छ । सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए । सुन तस्करी प्रकरणको विषयमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउने मागमा अडान लिएको प्रतिपक्ष नेकपा एमालेले सदन अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ३७ बजे

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट

ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगन्ज– नेपाल प्रहरीले लागूऔषध १५४ ग्राम ब्राउन सुगर र ११

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता

टोकियो– जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले जैविक विविधता

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही

एजेन्सी– सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस