लम्बेतान निर्णय प्रक्रियाले देश बन्दैन : मन्त्री मोदी « Khabarhub

लम्बेतान निर्णय प्रक्रियाले देश बन्दैन : मन्त्री मोदी


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने बताएका छन् । आज यहाँ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नियर्णयका लागि अपनाइने लम्बेतान प्रक्रियाभन्दा देशले नतिजा खोजिरहेको मन्त्री मोदीको भनाइ थियो । उनले भने, “एउटा ऐन बनाउन वर्षौंवर्ष लाग्ने हाम्रो लम्बेतान निर्णय प्रक्रिया छ, जनतालाई लम्बेतान प्रक्रिया होइन, नतिजा चाहिएको छ ।”

राष्ट्रिय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको लम्बेतान निर्णय प्रक्रियाको उदाहरण दिँदै उनले भने, “मन्त्रालयले ऐन बनाएपछि कानून र अर्थमा सहमतिका लागि पठाउने, सहमति प्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषद्मा पठाउने अनि संसद्मा लैजाने, यस्तो लम्बेतान प्रक्रियाले हामी चाँडो नतिजा दिन नसक्ने ठाउँमा छौँ ।”

मन्त्री मोदीले कानून व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि बनाउनुपर्ने धारणासमेत राखे । मन्त्रालयले अहिले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरिपरि रहेका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेको उनको भनाइ थियो । उनले भने, “कसैप्रति आग्रह र पूर्वाग्रह छैन । कसैप्रति म आग्रह र पूर्वाग्रह बोकेर हिँड्ने पनि मान्छे म होइन, देश र जनताप्रति उत्तरदायी र हित सोचेर काम गर्न आवश्यक छ । सुशासन कायम गर्ने कुराको सुरुआत सामान्य प्रशासन मन्त्रालयबाट हुनुपर्छ, हामी यही अभियानमा छौँ ।”

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत, मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर, सरोकारवाला मन्त्रालयका प्रतिनिधि, मन्त्रालयका विभिन्न विभाग तथा निकायका प्रमुख, मन्त्रालयका विभिन्न महाशाखाका सहसचिव एवं प्रमुखसहित कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : ११ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई