कराँचीमा बस र डम्पर ठोक्किँदा ४ जनाको मृत्यु, १८ जना घाइते « Khabarhub

कराँचीमा बस र डम्पर ठोक्किँदा ४ जनाको मृत्यु, १८ जना घाइते


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा सोमबार बस र एउटा डम्पर ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको उद्धार सेवाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार शहरको उत्तरी बाइपासको एकतर्फी बाटोमा यात्रुवाहक बसले गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्याइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उद्धार सेवाका अनुसार बसमा सवार यात्रु कराँचीका बासिन्दा रहेको र पिकनिक जाँदै गरेको बुझिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : १८ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा