लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु | Khabarhub Khabarhub

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विसं २०७७ साउन ७ गते लुम्बिनी प्रदेशको रूपन्देहीमा पहिलो पटक लम्पी स्किन रोगको पहिचान भएको थियो । त्यसयता लुम्बिनी प्रदेशमा पाँच हजार सात सय ४८ पशुको मृत्यु लम्पी स्किनकै कारण भएको छ । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ व्यापकरूपमा फैलिँदा लुम्बिनी प्रदेशका पशुपालक प्रभावित बनेका छन् । यद्यपि यस रोगबारे जनचेतना वृद्धिका साथै खोपको व्यापक प्रयोगले लुम्बिनीमा लम्पी स्किनको सङ्क्रमण तुलनात्मकरूपमा घटेको सरकारी अधिकारीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट कूल एक लाख ८० हजार नौ सय ७८ वटा पशु सङ्क्रमित भएको लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले तथ्याङ्क उपलब्ध गराएको छ । लुम्बिनीमा सबैभन्दा बढी बाँकेमा ४० हजार आठ सय एक पशुमा यो रोगको सङ्क्रमण देखिएको निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले जानकारी दिए ।

सबैभन्दा कम नवलपरासीमा चार सय ९७ पशुमा रोगको सङ्क्रमण देखिएको छ । प्यूठानमा ३४ हजार सात सय १५, रोल्पामा ३० हजार नौ सय ३२, दाङमा २८ हजार सात सय ८४, रुकुममा १२ हजार तीन सय चार, कपिलवस्तुमा आठ हजार एक सय तीनवटा पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ ।

यस्तै अर्घाखाँचीमा सात हजार ९१, रूपन्देहीमा छ हजार आठ सय ८७, पाल्पामा छ हजार पाँच सय ७९, गुल्मीमा तीन हजार चार सय ५८ र बर्दियामा आठ सय २७ वटामा रोगको सङ्क्रमण रहेको आलमले बताए । लुम्बिनीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी पशु मृत्यु हुनेमा रोल्पा रहेको छ । रोल्पामा दुई हजार ५४ वटा पशुको मृत्यु भएको छ । सबैभन्दा कम नवलपरासीमा २३ वटा पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई अभियानका रूपमा सञ्चालन गरिरहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख आलमले बताए । उनले निर्देशनालय आफैँ र स्थानीय तहहरूको समन्वयमा सबै जिल्लामा खोप लगाउने काम भइरहेको जानकारी दिए । “यसका लागि हामीले प्रदेशमा छ सय ३८ जना प्राविधिकहरू परिचालन गरेका छौँ”, आलमले भने, “खोप खरिद र औषधि उपचारका लागि भनेर अहिले रु दुई करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर माग गरेका छौँ ।”

निर्देशनालय र स्थानीय तह गरी प्रदेशमा अहिलेसम्म ४४ हजार दुई सय ५० पशुलाई खोप लगाइएको आलमले जानकारी दिए। यसैगरी कार्यालयबाट र स्थानीय तह गरी एक लाख नौ हजार नौ सय पशुको रोगको उपचार गरिएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई यहाँका स्थानीय तहहरूले पनि अभियानका रूपमा अगाडि बढाएका छन् । किसानलाई मर्का पर्न नदिन एवं चौपायाको संरक्षणका लागि पालिकाहरूले नीति तथा कार्यक्रममार्फत नै बजेट छुट्याएर खोपको व्यवस्थापन गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिकालगायतले खोपको कामलाई तीव्र बनाएका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले चौपायाको संरक्षण गर्न सकेमात्र पनि किसानलाई ठूलो नोक्सानीबाट जोगाउन सकिने बताए । “किसानको आर्थिक स्थिति बलियो भएन भने नेपालकै आर्थिक स्थिति राम्रो हुन सक्दैन भन्ने हामीलाई लागेर लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गरेका छौँ”, खाँणले भने, “अहिले गाईका लागि निःशुल्करूपमा यो खोपको थालनी गरेका छौँ, यसले किसानका गाईलाई बचाउन सक्छौँ भन्ने हामीलाई विश्वास छ ।”

नेपालमा सबैभन्दा बढी गाईमा यो रोग देखिएको छ । यस्तै भैँसी, बाच्छा–बाच्छी, गोरु, पाडा–पाडीमा पनि यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवं बिरामी पशु र धेरै दूध दिने पशुहरूमा भएको सङ्क्रमणले ज्यान लिने गरेको छ । रोग लागेका पशुहरूको रोग प्रतिरोधी क्षमता कम हुने हुँदा ज्यानै नगए पनि उनीहरू बाँझो हुने सम्भावना रहेको पशु चिकित्सकहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पाँच हजार छ सय ७६ वटा भैँसीमा पनि लम्पी स्किनको सङ्क्रमण देखिएको छ । यसबाट ६३ वटा भँैसीको मृत्यु भएको छ भने ४३ हजार पाँच सय ५३ वटाको उपचार गरिएको छ । यस्तै, एक हजार तीन सय ३२ वटा भँैसीलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।

रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने यो रोगको सङ्क्रमण लागेका पशुहरूलाई उच्च ज्वरो आउने, नलीका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरू आउने हुन्छ । यस्तो खटिराहरू नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरू बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । यस्तो सङ्क्रमणका कारण दूध उत्पादन घट्ने र सङ्क्रमित पशुको मृत्यु नै हुने गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : ३२ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं