स्याङ्जामा माइक्रो र बस ठोक्किँदा १३ जना घाइते « Khabarhub

स्याङ्जामा माइक्रो र बस ठोक्किँदा १३ जना घाइते


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जाको भिरकोट नगरपालिका–४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन्।

काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदैगरेको बा३प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब।गुरुङ, वडा नं २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेदबहादुर थापा, चापाकोट ४ का मिनबहादुर सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेकबहादुर बस्याल, वालिङ २ का सुमित्रा थापा मगर घाइते भएका छन्। सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको छ।

 

भारतीय बसमा सवार ४८ जना सबै सकुशल रहेको प्रहरीको भनाइ छ। दुबै सवारी साधन र भारतीय बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : ४५ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा