सर्पको टोकाइबाट सर्लाहीमा बालकको मृत्यु « Khabarhub

सर्पको टोकाइबाट सर्लाहीमा बालकको मृत्यु


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो ।

नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ ।

बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेपछि थाहा पाइएको स्थानीयले बताएका छन् । सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि जनकपुरमा उपचारको क्रममा बालकको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ३४ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि