अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही « Khabarhub

अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई संस्थालाई कारबाही गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले अमरसिंह सुलभ कृषि सामग्री पसल र पोखराको शिवालय चोकस्थित उपभोक्ता सहकारी सङ्घलाई रु २०/२० हजार जरिवाना गरेको हो ।

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुुगमन गरेको थियो । अनुुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएपछि आज जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइएको थियो । अमरसिंह सुलभ कृषि सामग्री पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ ।

त्यस्तै आफ्नो कार्यक्षेत्रबाहिर ठूूलो परिमाणमा मल बिक्री गर्ने उपभोक्ता सहकारी सङ्घ लिमिटेड पोखरा–८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गर्ने निर्णय भएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानको मल तोकेको मूल्यभन्दा रु १५ बढीमा बिक्री गरेको फेला परेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई