एसियाडका लागि चार खेलको बन्द प्रशिक्षण पोखरामा « Khabarhub

एसियाडका लागि चार खेलको बन्द प्रशिक्षण पोखरामा


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा १९औँ एसियाली खेलकुद (एसियाड) हुँदैछ । हरेक चार वर्षमा यो प्रतियोगिता आयोजना हुन्छ ।

नेपालले १९औँ संस्करणमा विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी प्रतियोगितामा सहभागी गराउँदै छ । एसियाली खेलकुदको तयारी सुरु भइसकेको छ । तयारीस्वरूप गण्डकी प्रदेशको राजधानी सहर पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ ।

महिला ह्यान्डबल, पुरुष रग्बी, आर्चरी र भारत्तोलन खेलका खेलाडीले पोखरामा बन्द प्रशिक्षण लिइरहेका छन् । खेलाडी तथा प्रशिक्षकहरूले अझै पनि खेल सामग्री प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

देशको प्रतिनिधित्व गर्दै खेल्न जाने खेलाडी तथा प्रशिक्षकहरूले प्रतियोगिताको मिति नजिकिँदै जाँदासमेत आवश्यक खेल सामग्री पाउन नसकेको बताएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीले आज एक कार्यक्रमबीच एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूलाई सामूहिकरूपमा स्वागत गरेको छ ।

सो अवसरमा ह्यान्डबलका कप्तान बन्दना राईले खेलाडीलाई आवश्यक न्यूनतम खेल सामग्री अभाव रहेको बताए । उनले भने, “हामी देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछौँ । तयारीस्वरूप बन्द प्रशिक्षण सुरु भए पनि अझै खेल सामग्री प्राप्त भएको छैन, आवश्यक सामग्री नहुँदा राम्रोसँग तयारी गर्न पाएकासमेत छैनौँ ।”

आर्चरीका प्रशिक्षक वसन्त थकाली, ह्यान्डबलका प्रशिक्षक विन्दा थापालगायत खेलाडी तथा प्रशिक्षकहरूले स्वास्थ्य सामग्री, प्रशिक्षणका दौरान आवश्यक खेल सामग्री उपलब्ध गराउन माग गरेका थिए ।

प्रशिक्षणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिँदै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले १९औँ एसियाली खेलकुदमा उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरे ।

उनले प्रशिक्षणका दौरान खेलाडीहरूलाई खेल सामग्रीको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए। मन्त्री सिंखडाले भने, “यहाँहरू नेपाली झण्डासहित एसियाली खेलको महाकुम्भमा जाँदै हुनुहुन्छ । म यहाँहरूलाई गण्डकी प्रदेश सरकारका तर्फबाट शुभकामना दिन चाहन्छु । तपाइँहरूले भोग्नुपरेका समस्याहरू सरकारले सम्बोधन गर्नेछ । खेलाडीलाई खेल सामग्रीको अभाव हुन दिने छैनौँ ।”

खेलाडीलाई कुनै समस्या भए गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालय तत्कालै सहयोग गर्न तयार रहेको बताउँदै सिंखडाले खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले पोखरामा गरिएको प्रशिक्षणबाट एसियाली खेलकुदमा सुखद नतिजाको अपेक्षा गरिएको बताए।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ३६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले