बस्तीमा पसेर मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा | Khabarhub Khabarhub

बस्तीमा पसेर मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई सोमबार अपराह्न ४ः३० बजे खैरहनी १२ सहनपुरस्थित केरा घारीबाट नियन्त्रणमा लिएको हो ।

आइतबार सो बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ मृत्यु भएको थियो । बाघ केराघारीमा पसेको थाहा पाएपछि निकुञ्जको टोलीले आइतबार बिहानैदेखि बाघको खोजी गरिरहेको थियो । बाघ बस्तीमा पसेपछि आइतबार दिनभर गाउँमा त्रास फैलिएको थियो । मृतक तामाङको शव आइतबार साँझ केराघारीबाट निकालेर परिवारको जिम्मा लगाइएको छ । बाघको खोजीका लागि प्राविधिकसहित आइतबार १५ वटा र सोमबार १२ वटा हात्ती परिचालन गरिएको थियो ।

नियन्त्रणमा लिएको बाघ अन्दाजी चार वर्षको भाले बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले प्राविधिक, कर्मचारी र नेपाली सेनाको ठूलो मेहिनतले बाघलाई नियन्त्रणमा लिन सफल भएको बताए। नियन्त्रणमा लिएको बाघ सौराहामा रहेको खोरमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा र सौराहामा रहेका खोरमा विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका पाँच वटा बाघ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ बाघ रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ५३ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले