के हो प्रसव फिस्टुलाको समस्या ? | Khabarhub Khabarhub

के हो प्रसव फिस्टुलाको समस्या ?


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

प्रसव फिस्टुला प्रसूति भएका महिलामा देखिने एउटा स्वास्थ्य समस्या हो। प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा सुत्केरीमा प्रसव फिस्टुला हुनसक्छ। यसले महिलालाई शारीरिक, मानसिक एवं सामाजिक रूपमा असर गर्छ। सामान्य अवस्थामा योनी मार्गलाई पिसाब थैली र मलद्वार वा मलाशयसँग जोड्ने कुनै प्वाल हुँदैन। योनी मार्गबाट पिसाब थैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ। के कारणले हुन्छ प्रसव फिस्टुला ? कस्ता महिलामा बढी देखिन्छ ? उपचार कसरी गरिन्छ? उपचार गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरू के हुन्छन् ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि डा. गणेश दंगालसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रसव फिस्टुला भनेको के हो ?
बच्चा जन्माउने क्रममा योनीमार्गमा बन्ने प्वाललाई प्रसव फिस्टुला भनिन्छ। महिलामा योनिमार्गको अगाडि पिसाब थैली र पछाडि मलाशय हुन्छ। प्रसूति हुनेक्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले योनिमार्ग र आमाको पिसाब थैली वा मलाशयलाई लगातार लामो समयसम्म च्यापेर, थिचेर प्वाल पार्छ। त्यही प्वाल प्रसव फिस्टुला हुनसक्छ। महिलामा योनिमार्गको अगाडि पिसाबथैली र पछाडि मलाशय हुन्छ। प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले योनिमार्ग र आमाको पिसाबथैली वा मलाशयलाई लगातार लामो समयसम्म च्यापेर, थिचेर प्वाल पार्छ र प्रसव फिस्टुला हुनसक्छ।

हाम्रो देशमा अझै पनि सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने चलन कम छ। त्यसैले पनि यस्तो समस्या घट्न सकेको छैन। प्रसव फिस्टुला रोगीको संख्या बढ्दै जानुले महिलामा शारीरिक तथा मानसिक तनावका साथै सामाजिक असहजता उत्पन्न गराउँछ। तुलनात्मक रूपमा हेर्दा योनिमार्ग र मलाशयबीच बन्ने फिस्टुला भन्दा पिसाब थैली र योनिमार्गबीच बन्ने फिस्टुलाको समस्या धेरै पाइन्छ।

प्रसव फिस्टुला हुने कारण के हो ?
एक सयमध्ये करिब ९५ जनामा प्रसव फिस्टुला हुनुको कारण लामो प्रसव व्यथा हो। लामो समयसम्म कठिन प्रसूति व्यथा लाग्नु नै यसको मुख्य कारण हो। लामो समय प्रसूति व्यथा लागिरहँदा शिशुले योनिमार्ग र पिसाबथैली वा मलाशयलाई धेरै बेर थिचेर घाउ बनाउँदा प्वाल पर्छ। जुन पछिसम्म रहन्छ। कहिलेकाहीँ चोट पटक लागेर पनि फिस्टुला हुनसक्छ। योनिबाट कुनै घाउ चोटपटक लाग्यो भने पिसाब थैलीमा, दिसा थैलीमा प्वाल पर्यो भने फिस्टुला हुनसक्छ। कहिले इन्फेक्सनले गर्दा र कुनै रोगको शल्यक्रियापछि (तल्लो पेटमा शल्यक्रिया, बच्चा पाउने शल्यक्रिया, पाठेघर फाल्ने शल्यक्रिया गरिएको छ भने नजिकको अगंमा प्वाल परेर फिस्टुला हुनसक्छ।

प्रसव फिस्टुला हुँदा के हुन्छ ?
पिसाब थैली र योनिमार्गबीच खुल्ने प्वाल बनेको छ भने पिसाब रोकिराख्न सकिँदैन र पिसाब लगातार चुहिरहन्छ। योनिमार्ग र मलाशयबीच खुल्ने प्वाल बनेको छ भने योनि मार्गबाट दिसा पनि निस्किन्छ। दिसा, पिसाब चुहिँदा मानिसलाई मानसिक, सामाजिक समस्या उत्पन्न हुन्छ। फेरि बच्चा बनाउन मन नलाग्ने, घर परिवारले हेला गर्ने, श्रीमानले हेला गर्ने समस्या पनि आउन सक्छन्। अन्य पिसाब चुहिरहने भएकाले नियमित वा दैनिक काम गर्न अप्ठेरो हुने पनि हुनसक्छ। कतिपयले पिसाब चुहिले डरले पानी कम खाने हुन्छ यसो हुँदा मिर्गौलामा समस्या उत्पन्न हुनसक्छ।

एक पटक बच्च जन्माएर यो भयो भने दोस्रो बच्चा जन्माउन मिल्छ ?
प्रसव फिस्टुलाको उपचार गरेर फेरि जन्माउन मिल्छ। तर पहिले शल्यक्रिया गरेको ठाउँ फेरि पनि फाट्न सक्ने भएकाले शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्छ। त्यस कारण फिस्टुला भएकाले बच्चा जन्माउन नमिल्ने होइन तर सावधानी अपनाउनु पर्छ। उनीहरूलाई नर्मल बच्चा जन्माउन गाह्रो हुन्छ।

समयमै उपचार गरिएन भने कस्तो जोखिम निम्तिन्छ ?
यसको समयमा उपचार गरिएन भने चौबिसै घण्टा दिसा पिसाब चुहिने हुँदा परिवारले हेला गर्ने, सामाजिक रूपमा बहिस्कृत हुने हुन्छ। समयमै उपचार गरेर यस्ता समस्या भएका धेरै महिला निको भएका छन्। यसको बिरामीलाई सजिले पनि छ खानादेखि सबै उपचार निःशुल्क हुन्छ, कुनै खर्च लाग्दैन। हामीलाई फिस्टुला फाउन्डेसन भन्ने संस्थाले सहयोग गरेको छ। यस्तै नेपालमा काठमाडौं मोडल हस्पिटल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल सुर्खेतमा पनि यो सेवा निःशुल्क हुन्छ।

उपचार गरिसकेपछि ध्यान दिने ?
एक पटक उपचार गरेपछि अर्को बच्चा नर्मल जन्माउन मिल्दैन। सिजरियन गर्नुपर्छ। सिजरियन गरेपछि पौष्टिक खानेकुरासँगै आराम गर्नुपर्छ। प्रयाप्त मात्रामा दिनमा तीनदेखि चार लिटर झोल कुरा खाने, तीनदेखि चार महिना यौन सम्पर्क नगर्ने यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्छ।

यस्तो समस्या आउन नदिन के गर्ने ?
यसको लागि प्रसव गराउने बेलामा स्वास्थ्य संस्थामा जाने यसरी अस्पतालमा गए कसैलाई लामो बेथा लाग्यो भने कुनै अगंमा प्वाल नहोस् भनेर पिसाब थैलीमा सानो पाइप राख्न सकिन्छ। सानो उमेरमा विवाह नगर्ने, खानपिन, व्यायाममा विशेष ध्यान दिनुपर्छ। पिसाब चुहिरहने समस्या भयो भने फिस्टुला हुनसक्छ। समस्या देखिन साथ अस्पताल गएर उपचार गर्दा निको हुन्छ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ७ : १० बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति