लागूऔषधसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ४ जना पक्राउ


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कैलाली– गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

कैलालीकै लम्कीचुहा नगरपालका–१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १ : १९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन