महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना « Khabarhub

महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भर्त्सना गरेका छन्  ।

 प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, ‘आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उनले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा  अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधै अस्वीकार गरेर प्रतिकारस्वरूप आक्रमण गरेको कुरा प्रस्ट छ ।’

उनले वर्तमान व्यवस्था ल्याउनका लागि लामो सङ्घर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उनले जोडदार माग गरे । 

पौडेलले पाँच वर्षे रोजिना गोपालीको उपचारको अभावमा मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । डेङ्गु रोग नियन्त्रण गर्नका निम्ति स्वास्थ्य प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ । बैठकमा सांसद गणेश पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गरे । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : ५८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी