सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई सदनबाट पारित गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई सदनबाट पारित गर्नुपर्छ : शेखर कोइराला


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई लागू हुने गरि सदनबाट पारित गर्नुपर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई अन्तिम रूप दिएर सदनबाट पारित गराउनुपर्ने बताएका हुन् । 

कानून बनाउँदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानून लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानवअधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानून अधि बढाउनुपर्नेमा उनले जोड दिए ।

कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून बढाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले कांग्रेस नेता महेन्द्र यादवमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण भएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ३४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको