साउदीमा अलपत्र एक नेपालीको उद्धार « Khabarhub

साउदीमा अलपत्र एक नेपालीको उद्धार


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका एक जना नेपालीको उद्धार गरिएको छ । 

६ वर्ष अघि साउदी अरब पुगेका पर्साका फर्मुल्लहा मिया धुनियालाई नेपाली दूतावास रियादका, अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्काइएको हो ।

उनी २०१७ मा साउदी अरबको एक कृषि फार्ममा काम गर्न भनी आएको थिए । दुई वर्ष देखी कम्पनीले अकामा नबनाई गैरकानुनी रुपमा काम लगाई नेपाल जान नदिएको अवस्थामा दूतावास रियादबाट बहिर्गमन भिषाको सिफारिस पत्र लिएर लिएर अलकासिम प्रतिनिधि श्रेष्ठ कहाँ गएका थिए ।

श्रेष्ठको सम्पर्कमा पुगेपछि त्यहाँको बुरैदास्थित श्रमिक अदालतमा १८ अगस्तमा बहिर्गमन भिषाको लागि आवेदन गरिएको थियो । ९ दिनको प्रयास पछि गत २७ अगस्तका उनले बहिर्गमन प्राप्त गरी नेपाल जाने बाटो खुलेको थियो । एक्जिट भिषा लिएर उनलाई मंगलबार नेपाल पठाइएको एनआरएनए क्षेत्रीय समन्वय समिती अलकासिमका सचिव सिद्धीलाल श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय साउदीमा इकामाको म्याद सकिएर कम्पनीले नवीकरण नगरी दिँदा अलपत्र परेका नेपालीहरूलाई दूतावासका प्रतिनिधि श्रेष्ठ र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिमले उद्धार गरी नेपाल फर्काउदै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार