साउदीमा अलपत्र एक नेपालीको उद्धार | Khabarhub Khabarhub

साउदीमा अलपत्र एक नेपालीको उद्धार


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका एक जना नेपालीको उद्धार गरिएको छ । 

६ वर्ष अघि साउदी अरब पुगेका पर्साका फर्मुल्लहा मिया धुनियालाई नेपाली दूतावास रियादका, अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्काइएको हो ।

उनी २०१७ मा साउदी अरबको एक कृषि फार्ममा काम गर्न भनी आएको थिए । दुई वर्ष देखी कम्पनीले अकामा नबनाई गैरकानुनी रुपमा काम लगाई नेपाल जान नदिएको अवस्थामा दूतावास रियादबाट बहिर्गमन भिषाको सिफारिस पत्र लिएर लिएर अलकासिम प्रतिनिधि श्रेष्ठ कहाँ गएका थिए ।

श्रेष्ठको सम्पर्कमा पुगेपछि त्यहाँको बुरैदास्थित श्रमिक अदालतमा १८ अगस्तमा बहिर्गमन भिषाको लागि आवेदन गरिएको थियो । ९ दिनको प्रयास पछि गत २७ अगस्तका उनले बहिर्गमन प्राप्त गरी नेपाल जाने बाटो खुलेको थियो । एक्जिट भिषा लिएर उनलाई मंगलबार नेपाल पठाइएको एनआरएनए क्षेत्रीय समन्वय समिती अलकासिमका सचिव सिद्धीलाल श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय साउदीमा इकामाको म्याद सकिएर कम्पनीले नवीकरण नगरी दिँदा अलपत्र परेका नेपालीहरूलाई दूतावासका प्रतिनिधि श्रेष्ठ र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिमले उद्धार गरी नेपाल फर्काउदै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग