निजामती सेवालाई प्रविधिमैत्री बनाउन आवश्यक « Khabarhub

निजामती सेवालाई प्रविधिमैत्री बनाउन आवश्यक


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ । मुख्यसचिव डा अर्यालले निजामती सेवाको परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान प्रविधिको प्रयोगमा जोड दिएका हुन् ।  

‘हाम्रा परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान आवश्यक छ’, उनले भने, ‘हामी लामो समयदेखि एउटै प्रक्रिया र पद्धतिबाट सञ्चालित हुँदा सार्वजनिक सेवा प्रवाह जनमुखी बन्न सकेको छैन । त्यसैले सबै क्षेत्रमा प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई सहज र सरल बनाउनु आवश्यक छ । ‘

मुख्यसचिव डा अर्यालले निजामती प्रशासन सेवाका कर्मचारीलाई  जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सहज र सरलीकृत बनाउन सुझाव दिए । ‘कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदलेर हामी सेवाग्राहीको पक्षमा छौँ, शासक होइनौँ भन्ने विश्वास दिलाउन जनताले अनुभूति गर्नेगरी अगाडि बढनुपर्छ’, उनले भने । 

उनले आफ्नो कार्यकालमा निजामती सेवालाई कार्य सम्पादनमुखी कर्मचारीतन्त्रका रूपमा परिवर्तन गर्न आफू लागि पर्ने बताए । प्रशासन क्षेत्रलाई अब्बल, सक्षम र सबल बनाउन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

सरकारले विसं २०६२ देखि हरेक वर्षको भदौ २२ मा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको सरकारले निजामती ऐन ल्याएको अवसरमा यो दिवस मनाउन लागिएको हो । 

दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत, सम्मान र सेवानिवृत्तलाई सम्मान गर्दै आइएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ७ : २८ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको