चिनियाँ दुतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग « Khabarhub

चिनियाँ दुतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय एकता अभियानले काठमाडौँ स्थित चिनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। चिनियाँ राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा प्रदर्शन गरेको अभियानले जनाएको छ ।

प्रदर्शनकारीहरुले चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

अभियानका अध्यक्ष विनय यादवले चिनियाँ दुतावासले जथाभावी बोलेर नेपाल–भारत सम्बन्ध माथि प्रहार गरेको बताए । सरकारले कूटनीतिक प्रकृयाद्वारा यस्ता गतिविधि माथि रोक लगाउनु पर्ने उनको भनाई छ।

उनले भने ‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीन माथि हाम्रो निर्भरता कम रहेकोले खासै फरक परेन । भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन।’

प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियानी शिव पासवान, गणेश कुमार सिंह लगायतको सहभागिता थियो।

 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ९ : ३१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट