राधाकृष्ण रथयात्रा सुरु « Khabarhub

राधाकृष्ण रथयात्रा सुरु


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मोरङ – विराटनगरमा आज ५५औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपराह्न ४ः०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको हो ।

मोरङ, सुनसरी, झापाका साथै सीमावर्ती भारतबाट लाखौँ श्रद्धालुको उपस्थितिसहित रथयात्राले मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, धरान रोड र बरगाछी हुँदै नौ किलोमिटरको दूरी तय गरेको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार यात्राका क्रममा ४३ स्थानमा विश्राम गर्दै पुनः मन्दिर परिसरमा पुग्न करिब पाँच घण्टा लाग्ने छ ।

“श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने उक्त रथयात्रा विसं २०२५ देखि सुरु भएको हो । रथयात्रा अघि खटयात्रा निकालिने गरिएको थियो । खटयात्रा विसं १९८८ देखि सुरु गरिएको थियो”, अध्यक्ष रेग्मीले बताए । उनका अनुसार विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिएको छ ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछिको दोस्रो ठूलो विराटनगरको रथयात्रालाई मान्ने गरिएको अध्यक्ष रेग्मीले बताए । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत लाखौँ भक्तजन आउने गरेका उनले बताए । रथयात्रा सम्पन्न गर्नका लागि १८ उपसमिति निर्माण गरिएको छ ।

यसैबीच रथयात्राका अवसरमा विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ३० पुरूष र आठ महिला (छ जना नेपाली, ३२ जना भारतीय) गरी जम्मा ३८ लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ९ : ४८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन