संसारको वास्तविक स्वरुप | Khabarhub Khabarhub

संसारको वास्तविक स्वरुप


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

एक महात्मा आफ्ना केही शिष्यहरुलाई साथमा राखेर प्रवचन दिइरहेका थिए । उनी भन्दै थिए– ‘यो संसार स्वार्थी छ । मानिस स्वार्थी छन् । कोही कसैलाई अरुको मतलव छैन । केवल आफ्नो स्वार्थ पूरा गर्नमै तल्लिन छन् । दया, धर्म भन्ने कुरा देखावटी मात्र छ । संसारका हरेक व्यक्ति आफ्नै सुख चाहन्छन् । अरुको सुख चाहनै सक्दैनन् ।’

महात्माका यी कुरा एक शिष्यलाई त्यति उचित लागेन । अरु सबै कुरामा उसको समर्थन र विश्वास भए पनि मानिस स्वार्थी छ, आफूबाहेक अरुको मतलव गर्दैैन भन्ने कुरामा चाहिँ उसलाई त्यति विश्वास लागेन ।

उसको परिवारमा चार जना थिए । बाबु, आमा, ऊ र उसकी श्रीमती । उसका बाबु–आमा र श्रीमतीले उसलाई यति माया गर्थे कि ऊ महात्माले भनेका कुरा मान्न तयारै थिएन ।

ऊ घरबाट बाहिर गएपछि घरका परिवार चिन्तित हुन्थे । कहिले आउला भनी कुरेर बस्थे । उ नआई कसैले खाना पनि खाँदैनथे । उसलाई परिवारको यही व्यवहारप्रति महात्माको कुरा अलि नमिल्दो लाग्थ्यो । महात्माले जे भनिरहनु भएको छ मेरो परिवार त यस्तो छैन । महात्माका कुराले ऊ अलमलमा पर्‍याे ।

एक दिन महात्मालाई उसले भन्यो– ‘महात्माजी तपाईँले भनेका अरु सबै कुरा त ठिकै हो तर सबै स्वार्थी हुन्छन्, अरुका लागि केही गर्दैनन् भन्ने कुरामा चाहिँ मलाई त्यति चित्त बुझेन के गर्ने होला ?’

महात्माजीले भने– ‘ठिक छ, तिमीलाई विश्वास लागेन भने यसको परीक्षण गरेर हेरौँ !’ दुवैजना परीक्षणका लागि तयार भए ।

महात्माजीले उसलाई विभिन्न योग मध्ये हठ योग सिकाए । हठ योगमा यस्तो हुन्छ कि कोही व्यक्ति योगद्वारा मरे समान हुन सक्छ । उसले हठ योगको केही दिन अभ्यास गर्‍याे र एक दिन अबेर राति घरमा गयो । उसले कसैको मुख हेरेन, सरासरी आफ्नो कोठामा गयो र खाटमा पल्टियो । 

सधैँ झैं खाना खान घरका परिवार कुरिरहेका थिए । कोठामा गएको धेरैबेरसम्म पनि नआएपछि उसकी श्रीमती बोलाउन गइन् । श्रीमान विचित्र प्रकारले ओछ्यानमा ढलेको छ । श्रीमानलाई बोलाइन् केही चालचुल छैन । नाडी छामिन् नाडी पनि छैन । त्यसपछि श्रीमती रुन, कराउन थालिन् । उनको रुवाबासी सुनेर बाबु आमा पनि आए । उनीहरुले पनि हेरे । चालचुल केही छैन । छिमेकी पनि आए । छिमेकीले पनि हेरे कुनै अत्तोपत्तो छैन । सबैले निष्कर्ष निकाले कि ऊ मर्‍याे ।

आफन्तहरू जम्मा भए, सबै रुन कराउन थाले । छाति पिटीपिटी बाबुआमा रुन लागे । श्रीमती रुन लागिन् । आफन्तहरू रुन लागे । हे बाबु ! तिम्रो सट्टा बरु म मरेको भए पनि हुन्थ्यो नि । यस्तै यस्तै आलापहरू चले । यो सबै हुँदैथ्यो । महात्माजी पनि त्यहीँ आइपुगे । 

बाबुआमाले महात्माजीलाई देखेपछि छोराको हाल बताउँदै बचाइ दिन बिन्ती गरे । महात्माले यसो हेरे झैं गरेर भने लौ तिम्रो छोरा त मरिसकेछ ! तर चिन्ता नगर, म बचाइ दिन सक्छु । त्यसका लागि एक कचौरामा पानी लिएर आउ ।

छोरा बाँच्ने भयो भनेर खुसी हुँदै कचौरामा पानी ल्याएर महात्मालाई दिए । महात्माजीले विभिन्न तन्त्रमन्त्र गरे । त्यसपछि भने– ‘ल अब तिम्रो छोरो, तिम्रो पति बिउँतिन्छ । म यसलाई बिउँताइदिन्छु । तर तिमीहरूमध्ये कसैले यो कचौराको पानी पिउनु पर्छ । जसले यो पानी पिउँछ, त्यो मर्छ र यो बिउँतिन्छ ।’ महात्माजीले यति के भनेका थिए छिमेकी र आफन्तहरू एकएक गर्दै निस्किए । अब बाँकी रहे तिनै बाबु, आमा र श्रीमती ।

महात्माले बाबुतिर हेरेर भने– ‘अघिसम्म त तिमी भन्दैथ्यौ कि बरु म बुढो मरेर भए पनि यो बाँचेको भए हुन्थ्यो । के अब तयार छौ ?

बाबुले भने– ‘यस्तो छ महात्माजी म त तयार हुन्थें, तर यो केटाकेटी नै छ, यसले व्यापार गर्ने तरिका सिकेको छैन । धेरै चिज सिकाउन बाँकी नै छ । म नै मरेँ भने त व्यापार सबै चौपट हुन्छ । बरु… भनेर बूढीतिर हेर्न थाले ।

बुढिले पनि भनिन्– बुहारी पनि त सानै छ नि, यसले घरव्यवहार कहाँ सिकेकी छ र ? म नै मरेँ भने यसलाई कसले सिकाउँछ भनेर पन्छिन खोजिन् । बाबु पन्छिए, आमा पन्छिइन् ।

अब बाँकी रहिन् उसकी श्रीमतिमहात्माजीले भने तिमी के भन्छ्यौ नि ? तिमी त यो बिना बाँच्नै सक्दिनँ भन्दै थियौ ! तिमी त तयार हौली नि ?

महात्माका कुरा सुनेर उसले भनी– ‘महात्मा जी म तयार त हुन्थें तर मै मरेँ भने म बिना यिनले पनि के सुख पाउँछन् र ? त्यसैले छाडिदिनुस्, जे भयो भयो ।’ तीनै जना पानी पिउन तयार भएनन् ।

महात्माजीले भने– ‘अघिसम्ममरिमेटिराथ्यौ । यसको लागि । अनि फेरि के भयो ?’

बाबुले भने– हेर्नोस् न महात्माजी हाम्रो त यहाँ जरुरत पर्ने भो, तपाईँको त अगाडि पछाडि कोही छैनन्, तपाईँले नै यो पानी पिइदे कसो होला ?

जब यो छाँटकाँट छोराले थाहा पायो तब आफ्नो योगलाई समेटेर तुरुन्त उठेर भन्यो– महात्माजी छर्लंग भो अब हिँड्नुस् । मैले संसार चिने । संसारको स्वरुप चिने ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ३८ बजे

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर– चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा

काठमाडौं – सरकारले संघीय संसद्‌को बर्खे अधिवेशन वैशाख २५ गते

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा