ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा « Khabarhub

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका ज्येष्ठ नागरिकहरूमा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । 

गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ति आवश्यक परेका खण्डमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।

गाउँपालिकाको यस अघि भएको गाउँ सभाबाट नीति तथा कार्यक्रमबाट नै ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोही निर्णयलाई कार्यन्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । 

गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ति जिल्ला अस्पतालसम्म पुग्नु पर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।

मर्स्याङदी गाउँपालिकाले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सँगै समय अनुकुल मिलाएर धार्मिक स्थलहरूको भ्रमण गराउने पनि योजना बनाएको छ । 

पालिका भरिका ज्येष्ठ नागरिकहरूलाई समुह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरूको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

सो बाहेक गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको निशुल्क स्वास्थ्य परिक्षण पनि गर्ने जनाएको छ । बिभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई गाउँ टोलमा खटाएर ज्येष्ठ नागरिकहरूको नियमित निःशुल्क स्वास्थ्य परिक्षण गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । 

गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरूलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउँदै आएको जनाएको छ । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन