‘चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने’ « Khabarhub

‘चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने’


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मनहरी– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरू नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए। 

ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वातावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो । 

स्वास्थ्य क्षेत्रमा देखिएका अभाव र बेथिति रोक्न निरन्तर लागिरहेको बताउँदै मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएपछि सरकारी अस्पतालका सेवामा आमूल परिवर्तन भइरहेको उल्लेख गरे। अहिले ९५ प्रतिशत डाक्टर गाउँगाउँमा सेवा दिन पुगेको तथ्यांक आफूसँग भएको जानकारी दिँदै उनले एक सय दिनमा एक सय सात काम गरेर देखाएको बताए। 

‘आफू स्वास्थ्यमन्त्री भएर आएपछि वीर अस्पतालको सुधारदेखि गाउँगाउँमा डाक्टर पुगेको, मेडिकल बोर्डमा उल्लेख्य सुधार भएको, अनुमति नलिइ सञ्चालनमा आएका फार्मेर्सीमा कारबाही गर्न सुरु भएको, सरकारी अस्पताललाई आफैँ अनिवार्य फार्मेसी सेवा सुरु गर्ने वातावरण बनाइएकोलगायत कामहरु भएका छन्’, मन्त्री बस्नेतले भने। अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक परिवर्तन देखिने बताउँदै उनले आधारभूत स्वास्थ्य सेवा दिने सन्दर्भमा नीतिगत मात्र नभई कार्यान्वयनका पक्षमा पनि आफू अहोरात्र लागिपरेको जानकारी दिए। 

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्कालगायत कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : ५९ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको